काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विश्वकपमा छनोट भएपछि ब्राजिललाई दियाे फिफाले बधाई

8.94K
shares

कतार विश्वकप २०२२ सुरु हुन करिब एक वर्षभन्दा बढी समयावधि र छनोटका कयौ खेल बाँकी छँदा नै ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट आगामी विश्वकपमा स्थान बनाएको छ । शुक्रबार बिहान कोलम्बियाविरूद्ध १-० को जित निकाल्दै ब्राजिल दक्षिण अमेरिकाबाट कतार विश्वकप २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । दक्षिण अमेरिकाबाट चार राष्ट्र विश्वकपमा छनोट हुन पाउने फिफाकाे नियमअनुसार अब तीन राष्ट्रले उक्त दाबेदारी प्रस्तुत गर्नेछन् ।

ब्राजिलले भने १२औं खेलसम्म अपराजित यात्रा कायमै राख्दै पाँच खेलअगावै विश्वकप २०२२ मा स्थान बनायो । घरेलु मैदान साओ पाउलोमा लुकास पाक्वेटाले ७२औं मिनेटमा गरेको गोल नै ब्राजिलको जितका लागि पर्याप्त बन्यो । १२ खेलबाट ब्राजिलले ११औं जित निकाल्दा एक बराबरी आत्मसात् गरेको छ । यो सफलतासँगै ब्राजिलले दोस्रो स्थानको अर्जेन्टिनासँग ९ अंक, तेस्रोको इक्वेडरसँग १४ अंक र चौथो स्थानको चिलीसँग १४ अंकको अग्रता बनायो । पाँच खेल बाँकी छँदा चिली र कोलम्बियाले १५ अंक मात्र बटुल्ने अंकगणितीय समीकरणका कारण शुक्रबारको खेलपछि ब्राजिलले विश्वकप यात्राका लागि बाँकी खेलकाे नतिजा कुर्नु परेन ।

विश्वकप छनाेटमा पाएकाे सफलतासँगै ब्राजिली खेलाडीले ड्रेसिङ रुममा कतारको झन्डा हल्लाएका थिए । साथै उनीहरूको सफलतामा विश्व फुटबल महासंघ फिफा र दक्षिण अमेरिकी फुटबल महासंघले पनि बधाई दिएका थिए ।