global ime bank Long Banner Ad

गृहपृष्ठ बीपी प्रतिष्ठानको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

बीपी प्रतिष्ठानको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

बीपी प्रतिष्ठानको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले आज प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको हो ।

प्रतिष्ठानमा देखिएको अनियमितता र पदाधिकारी हटाउने विषयमा छानबिन गर्न यही कात्तिक ५ गते स्वास्थ्यमन्त्रीको अध्यक्षतामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा धरान उपमहानगरपालिकाका प्रमुख सदस्य रहेको समिति गठन गरिएको थियो । समितिलाई २१ दिनको अवधि दिइएको थियो ।

प्रतिवदेन बुझाएपछि मन्त्रालयमा पत्रकारसँगको कुराकानीमा मन्त्री खतिवडाले छिट्टै बस्ने प्रतिष्ठानको सिनेट बैठकले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरी देखिएका समस्याको समाधान गर्न बाटो खुलाउने विश्वास व्यक्त गरे । 'प्रतिष्ठानमा देखिएका विवादका विषयको छानबिनको माग गर्दै सिनेटका ६ जना सदस्यले निवेदन दिएका आधारमा छानबिन समिति गठन भएको र यसले आफ्नो प्रतिवेदन पनि बुझाइसकेको अवस्थामा अब छिट्टै समस्याको समाधान हुनेछ,' उनले भने ।

प्रतिवेदन तयार गर्ने क्रममा आन्दोलनरत पक्ष, प्रतिष्ठानका कर्मचारी, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालासँग बसेर गरिएको छलफल र विगतमा गठन गरिएका समितिले दिएका प्रतिवेदनको समेत अध्ययन गरी प्रतिवेदन तयार गरिएको मन्त्री खतिवडाले जानकारी दिए । उनका अनुसार प्रतिवेदनमा प्रतिष्ठानमा भइरहेको अनियमितता, चिकित्सकको आन्दोलन तथा प्रतिष्ठानका पदाधिकारी हटाउने विषयमा छानबिन गरी सुझाव दिइएको छ । प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता बढेको भन्दै त्यहाँका चिकित्सक चार महिनादेखि आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु