काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनचाँदीको मूल्य निरन्तर उकालो

6.9K
shares

बुधबारयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । बुधबार तोलामा ४ सय रूपैयाँ , बिहीबार १ हजार ३ सय रूपैयाँ बढेको सुनको मूल्य आज ४ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।

महासंघका अनुसार बिहीबारको लागि ९४ हजार रूपैयाँ तोकिएको सुनको मूल्य शुक्रबारको लागि ९४ हजार ४ सय रूपैयाँ कायम गरिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार तोलामा २० रूपैयाँ बढेको चाँदीको मूल्य शुक्रबार ३५ रूपैयाँ बढेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार तोलामा १ हजार २७० रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको हो ।