गृहपृष्ठ लागुऔषधसहित दुई युवक पक्राउ
लागुऔषधसहित दुई युवक पक्राउ
प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका-४ बाट लागुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । लागुऔषध गाँजा र नाइट्रोभेट १० लेखिएको ट्याबलेटसहित नियन्त्रणमा लिएको हो । आँपको बगैँचामा घुमफिर गरिरहेको अवस्थामा शंका लागि जाँच गर्ने क्रममा लागुऔषधसहित महरालाई पक्राउ गरिएको जनाएको छ ।
यसैगरी प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको लहान नगरपालिका-१९ निवासी २१ वर्षीय प्रेम मण्डललाई लागुऔषध नाइट्रोभेट ७५ ट्याबलेटसहित पक्राउ गरेको जनाएको छ ।
प्रकाशित समय : १५:३३ बजे



















