काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बढ्दै फोरजीका प्रयोगकर्ता

12.75K
shares

पछिल्लो समय फोरजीका प्रयोगकर्ताको संख्या बृद्धि भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०७७/७८ को एक वर्षको तथ्यांकअनुसार फोरजीका प्रयोकर्ता बढ्दै गएको देखाइएको छ ।

गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन् । प्राधिकरणको तथ्यांकअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन् ।

टेलिकमका ४७ लाख ४४ हजार प्रयोगकर्ता छन् । गत जेठमा २७ लाख ७ हजार ४२९ प्रयोगकर्ता रहेका थिए । एक महिनामा मात्र १९ लाख ७३ हजार बढी फोरजीका प्रयोगकर्ता थपिएका छन् । एक वर्षमा एनसेलका फोरजीका ग्राहक ५० लाख ४२ हजार बढी छन् । गत जेठमा ४८ लाख ५ हजार प्रयोगकर्ता गरेका थिए ।

स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार छन् । गत जेठमा एक लाख ५१ हजार ७१५ जना प्रयोगकर्ता रहेका थिए । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । तीन सेवा प्रदायकसँग ९९ लाख ५४ हजार ११९ फोजरीका प्रयोगकर्ता थपिएका छन् । गत जेठमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६४ हजार ४५९ थिए । एक महिनामा तीन सेवा प्रदायकका २२ लाख ८९ हजार ६६० प्रयोगकर्ता थपिएका छन् ।

इन्टरनेट पहुँच

नेपालमा १०२ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार असारसम्म तीन करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत जेठमा दुई करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । उक्त तथ्यांकअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । असारसम्म मोबाइल इन्टरनेटको हिस्सा ७६.०३ प्रतिशत छ । एक करोड २८ लाख ९४ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको एक करोड ४ लाख र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ ।

फिक्स ब्रोडब्याण्डको हिस्सा २५.६६ प्रतिशत रहेको छ । यसमा एडीएसएलका ७ लाख २८५ हजार र एफटीटीएच इन्टरनेट ७ लाख २७ हजार बढी रहेका छन् । (रासस)