गृहपृष्ठ नेपाल र पपुवा न्युगिनीकाे दाेस्राे खेल आज
नेपाल र पपुवा न्युगिनीकाे दाेस्राे खेल आज
ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी)सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । पीएनजीसँगको दुई खेलको सिरिजअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।
डे नाइट (दिन र रातमा)अन्तर्गतको खेल नेपाली समयअनुसार अपरान्ह ४:१५ बजे ओमानको अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो ।
प्रकाशित समय : १४:४७ बजे


















