गृहपृष्ठ लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण सम्झौता
लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण सम्झौता
लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र रेमिट टू नेपालका महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरे । यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् ।
सम्झौताअनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपालको नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तानी लिन सक्नेछन् । यसका साथै स्वदेश तथा विदेशबाट रेमिट टू नेपालमार्फत पठाएको पैसा ग्राहकहरूले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।
'निरन्तर सहयात्रा'भन्ने नाराका साथ बैंकले देशभर ७२ शाखा र १७ वटा एटीएमका साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र एबीबीएस मोबाइल बैंकिङ, एटीएम, लक लगायतका बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करिब २ लाख ७४ हजार ग्राहकलाई सरल एवं सुरक्षित बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : १४:३४ बजे


















