global ime bank Long Banner Ad

गृहपृष्ठ आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको नवौं अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने तय भएकाे संसद सचिवालयले जनाएकाे छ । बुधबारदेखि सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्दै सदन अवरूद्ध गरेका थिए ।

आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसअघिको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश पेस गरेका थिए ।

कार्यसूची :

प्रकाशित समय : १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु