global ime bank Long Banner Ad

गृहपृष्ठ ९० वडा अधिवेशन सम्पन्न

९० वडा अधिवेशन सम्पन्न

९० वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवन जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन् । तीमध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो ।

कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बाँकी ८ वडामा आज निर्वाचनको प्रक्रिया सुरुआत भएको जानकारी दिए । बाँकी रहेका वडामा राप्ती नगरपालिका-६, खैरहनी नगरपालिका-४, भरतपुर महानगरपालिका-४, ६, ७, १५, र १९ छन् । यस्तै माडी नगरपालिका-१ मा निर्वाचन आजै हुँदै छ । राप्ती र खैरहनीमा निर्वाचनको प्रक्रिया सुरु भइसकेको उनले बताए । भरतपुर-४ र माडी-१ मा वडा समिति टुंगिएको र क्षेत्रीय प्रतिनिधिका लागि सर्वसम्मत्को प्रयास भइरहेको छ । अन्य बाँकी रहेका वडामा निर्वाचनको प्रक्रिया सुरु भइसकेको उनले बताए ।

सभापति श्रेष्ठकाअनुसार आज र भोलिमा वडा अधिवेशन टुंगो लाग्ने छ । जिल्लामा रहेका सात पालिकामा ९८ वडा छन् । वडा अधिवेशन सकिएसँगै नगर अधिवेशनको तयारी गरिने छ । महाधिवेशनकै सिलसिलामा यही भदौ २७ गते नगर अधिवेशन हुने छ । जिल्लामा एउटा महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका छन् । अगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ । असोज ५ गते क्षेत्रको अधिवेशन हुने निर्वाचन तालिका छ । तालिका अनुसार असोज १० गते जिल्ला अधिवेशन हुने छ । जिल्ला सभापति पदमा ८ जनाको दाबी गरिरहेका छन् ।

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु