global ime bank Long Banner Ad

गृहपृष्ठ चेम्बरद्वारा महिला उद्यमीहरुको ‘सफलताको कथा तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना

चेम्बरद्वारा महिला उद्यमीहरुको ‘सफलताको कथा तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना

चेम्बरद्वारा महिला उद्यमीहरुको ‘सफलताको कथा तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना

कृषिमा लागेका महिला उद्यमीहरुको प्रर्द्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘सफलताको कथा तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा लागेका महिला उद्यमीहरुको उल्लेख्य सहभागीता रहेको थियो । चेम्बर अध्यक्ष मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन बिक्री गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताए । चेम्बर अध्यक्ष मल्लले विचौलियाका कारण उद्यमीहरुलाई मुल्य र बजारीकरणमा समस्या उत्पन्न हुँदै आएकोले सामुहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवं बजारीकरण गर्न सहज हुने बताउदै जिल्लास्तरमा सानो स्केलमा सहकारीमार्फत र केन्द्रीय स्तरमा लिमिटेड कम्पनीमार्फत कृषि क्षेत्रमा काम गर्न पनि उनले सुझाव दिए ।

अध्यक्ष मल्लले कृषि पर्यटन र प्रविधिलाई जोडेर अघि बढनुपर्ने आवश्यकता औंल्याउदै भन्सार छुटमा ढुवानी साधनहरु खरिद गर्ने व्यवस्था सरकारले मिलाउनु पर्ने आवश्यकता रहेको धारणासमेत राखे । साथै उनले महिला चेम्बरले पछिल्लो समय देखाएको सकृयताको प्रशंसा गर्दै नेपाल चेम्बरको तर्फबाट महिला चेम्बर नेतृत्वको मुक्तकण्ठले प्रशंसासमेत गरे । चेम्बरका उपाध्यक्षसमेत रहेकी नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले अनुभव साटासाटले राम्रा र नराम्रा दुवै पक्षलाई केलाउदै अघि बढ्दा एक अर्कामाथि परेको समस्या समाधान गर्दै र सहज रुपमा अघि बढन सघाउ पुग्ने राय पेश गरिन् ।

अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुलाई सहजीकरण गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ, वित्त व्यवस्थापनलगायतका प्रभावकारी कार्यक्रम गरिसकेको उल्लेख गरिन् । उनले स्टोरी टेलिङ र अन्तरक्रिया कार्यक्रमले थप रुपमा महिला दिदी बहिनीहरुलाई प्रोत्साहन र बजार प्रवर्द्धनसमेतमा मद्दत पुग्ने दाबी पेश गरिन् । त्यसैगरि चिया उत्पादक महिला उद्यमी रुची शिवाकोटीले आफुहरुले उत्पादन गर्ने चियाको ३० प्रतिशत स्वदेशी बजार र ७० प्रतिशत भारतिय बजारमा खपत हुँदै आएको जानकारी दिदै चियापत्तीहरु संकलन गर्दा ग्रेडका आधारमा बगानलाई शुल्क तिर्ने गरेको बताइन् । उनले चियाको रङ र लिक्करका आधारमा चियाको गुणस्तर मापन हुने र सोही अनुरुप मुल्य निर्धारण हुने जनाइन् । चिया बिक्री गर्दा स्याम्पलिङ गरी क्रेताहरुलाई पठाउने गरेको पनि उनले उल्लेख गरिन् ।

कार्यक्रममा बेसार, मौरीपालन तथा मह उत्पादन, कफी र चियाको व्यवसायिक खेती गरेर नेपालको उत्पादनमुखी अर्थतन्त्रमा जोडिएका विभिन्न जिल्लाका सफल महिला उद्यमीहरु कार्यशाला तथा अन्तरक्रिया कार्यक्रममा जोडिएका थिए ।

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु