गृहपृष्ठ पहिरोले घर पुरिँदा २ को मृत्यु, २ घाइते
पहिरोले घर पुरिँदा २ को मृत्यु, २ घाइते
रोल्पामा पहिराबाट घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका-१०, धवाङको बाम्लामा गए राति पूर्णबहादुर थापाको घर पहिराबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको डीएसपी नरेशराज सुवेदीेले जानकारी दिए । पहिरामा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् ।
उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ । दुई घरमा सामान्य क्षति पुगेको डीएसपी सुवेदीले बताए । जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । (रासस)
प्रकाशित समय : २०:१५ बजे



















