global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रदेश १ मा एमालेका १० सांसदले गराए नेकपा (एस)मा सनाखत

प्रदेश १ मा एमालेका १० सांसदले गराए नेकपा (एस)मा सनाखत

प्रदेश १ मा एमालेका १० सांसदले गराए नेकपा (एस)मा सनाखत

प्रदेश १ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् ।

राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, सावित्रा रेग्मी, गणेशकुमार काम्बाङ, खिनुकुमारी लंबा, सरिता थापा, पदमकुमारी गुरुङ र सुनिता चौधरीले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद रहेकोमा १० जना नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएसँगै अब एमालेमा ४१ सांसदमात्र बाँकी छन् ।

प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्नेमा एमालेले बहुमत गुमाएको छ । प्रदेशसभामा नेपाली काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० र जसपाका ३ सांसद छन् । यो गठबन्धनको पक्षमा प्रदेशसभामा ४९ सांसद हुन्छन् ।

प्रकाशित समय : २३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु