global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश, समग्र कृषि विकासमा सहकार्य गर्ने

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश, समग्र कृषि विकासमा सहकार्य गर्ने

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश, समग्र कृषि विकासमा सहकार्य गर्ने

मुक्तिनाथ विकास बैंक लिमिटेडलगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सफलतापूर्वक तेश्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर रहेका कृषि व्यवसायीहरु, कृषकहरु, आम उपभोक्ता, युवाहरु र सम्बन्धित सबै सरोकारवालाहरु एक आपसमा प्राविधिक तथा व्यवसायिक साझेदारी गरी देशको समग्र कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सहकार्य गरेर अगाडी बढ्ने कम्पनीलेले जनाइएको छ ।

कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्‍याउनको लागि कृषि पेशालाई प्रतिष्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित समग्र कृषि मूल्य श्रृङखलाको अवयवहरुमा काम गर्ने उद्देश्य लिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीसंग सहकार्य गर्दे आफ्नो स्थापना कालदेखि नै देशका विभिन्न भूभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजीकरण गर्नको लागि व्यावसायिक साझेदारी गरी व्यवसाय सञ्चालन गर्दे आइरहेको  कम्पनीले जानकारी गराइएको छ ।

हालसम्म कम्पनीले १५ वटा भन्दा बढी जिल्लामा आधिकारिक व्यवसायीक साझेदार निर्माण गरी ५० वटा भन्दा बढी जिल्लाका कृषकलाई गुणस्तरीय सेवा विस्तार गरेको छ । संगसंगै कृषकहरुलाई समयानुकुलका आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिमलगायतका अभियान सञ्चालन गर्दे आएको कम्पनीको दाबी छ । तेश्रो वार्षिक उत्सवको अवसरमा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसायीक साझेदार गर्ने विभिन्न कम्पनी, फर्म, कृषक समुहलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा गणपति एग्रिकल्चर प्रालि धादिङलाई वर्ष उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार, जय किसान एग्रो मार्ट एण्ड मेसिनरी कपिलवस्तुलाई उदाउँदो व्यवसायिक पुरस्कार, तमोर कृषि भण्डार झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भिउ टावर तरकारी पकेट काठमाडाैँलाई उत्कृष्ट कृषक समुह पुरस्कारबाट सम्मानित गरिएको छ । साथै कम्पनीको सेवामा रही उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र सन्दिप रिजाल, दिपेश थापा र हेमराज ढकाललाई विभिन्न विधामा पुरस्कृत गरिएको छ ।

कम्पनीले यसै वर्षदेखि देशभरी नै व्यवसाय विस्तार गर्नको लागि स्थानीय कम्पनी, फर्म, एग्रोभेट, कृषक समुह सहकारीहरुसंग संस्थागत सहकार्य गर्दे कृषकहरुलाई आवश्यक उत्पादनका साधन, प्रविधि, पुँजी र कृषि उपजहरुको बजारीकरणलाई व्यवस्थित गरी आम उपभोक्तालाई सहज, सरल र सुरक्षित खाद्यवस्तुहरु उपलब्ध गराउने दिशामा कम्पनी अग्रपंक्तिमा रही काम गर्ने विश्वास दिलाएको छ ।

कम्पनीले यसै वर्ष पाँच वर्षे रणनैतिक योजना निर्माण गरेको र सोहीअनुसार कृषि मूल्य श्रृंखलामा व्यवस्थापकीय काम गर्दे पाँच वर्षमा कम्पनीलाई कृषि श्रोत केन्द्रको रुपमा स्थापना गर्ने लक्ष रहेको जनाइएको छ ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु