गृहपृष्ठ पहिरोले घर पुरिँदा ९ वर्षीया बालिकाको मृत्यु, ३ जना घाइते
पहिरोले घर पुरिँदा ९ वर्षीया बालिकाको मृत्यु, ३ जना घाइते
अर्घाखाँचीको पाणिनी गाउँपालिका-७, अडगुरीमा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् । मंगलबार साँझ स्थानीय जिवलाल सुनारको घर परिहोले बगाउँदा उनकी नौ वर्षीया छोरी झरना सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
जिप्रका अर्घाखाँचीका डीएसपी अम्बरबहादुर थापाका अनुसार मंगलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिएको हो । घर भत्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । (रासस)
प्रकाशित समय : १४:३८ बजे




















