काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रियलमीद्वारा जिटी सिरिजमार्फत दुई नयाँ आकर्षक स्मार्टफोन सार्वजनिक हुँदै

24.72K
shares

रियलमीले किफायती तर हाइ इन्ड सेगमेन्टमा जिटी सिरिज (GT series) मार्फत दुई नयाँ आकर्षक स्मार्टफोन रिलिज गर्ने घोषणा गरेको छ । ती हुन् : realme GT Master Edition / realme GT Explorer Master Edition ।

रियलमीले पहिलो पटक आफ्नो फरक डिजाइनमा बनेको 2K-display ल्यापटप, realme Book पनि लिएर आउँदै छ । पहिले भन्दा अझ उत्कृष्ट उत्पादन निकाल्ने योजनासहित 1+5+T AIoT ecosystem बनाएर अघि बढिरहेको रियलमीको लागि यो एकदमै महत्वपूर्ण कदम भएको जनाइएको छ । रियलमीका सीईओ Sky Li ले भने, ' सुरुवाती दिन देखि नै विश्वभरिका युवा वर्गको लागि आफ्नो उत्पादन निकाल्ने मिसनमा रियलमी निरन्तर अगाडि बढिरहेको छ । आज हामी विश्वभरिका १० करोड प्रशंसकहरुमाझ युवाहरुलाई परिस्कृत गर्ने फिचरहरुसहितको AIoT उत्पादनहरु ल्याउने घोषणा गर्दा एकदमै रोमाञ्चित भएका छौं ।'

realme GT Master Edition Series: २०२१ कै सर्वोउत्कृष्ट डिजाइन भएको फ्ल्यागसिप

आकर्षक डिजाइन र प्राविधिक रुपले सबल high-end handsetrealme GT Master Edition Series युवाहरुको सृजनशीलतामा विकास पुर्‍याउन किफायती मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ । युवामाझ यात्राको महत्वबाट प्रेरित भएर realme ले प्रख्यात industrial designer Naoto Fukasawa ;Fu GT Master Edition Series को डिजाइन बनाएको छ । उनले उत्पादनहरु बनाउँदा डिजाइनमा विशेष ध्यान दिएका छन् । रियलमी जीटी सिरिजको फ्ल्यागसि पर्फमेन्सलाइ निरन्तरता दिंदै जीटी एक्प्लोर मास्टर एडिसन मा १२ जीबी सम्म र्‍याम बढाउन मिल्ने क्वालक्वाम स्न्यापड्रागन ८७० प्रोसेसर रहेको छ । यसैगरी जीटी मास्टर एडिसनमा ८ जीबीसम्म बढाउन मिल्ने र्‍याम रहेको छ ।

जीटी मास्टर एडिसन सिरिजले भ्यापर चाम्बर कोलिङ सिस्टम लाई पनि फ्लागसीप किलर रियलमी जीटी जसरी नै सर्पोट गर्छ । यी दुवै स्मार्टफोनले पावरफूल गेमिङ सहजै ह्यान्डल गर्न सक्ने कम्पनीको दाबी छ । यसको दरिलो प्रदर्शनबाहेक रियलमी जीटी मास्टर एडिसन सिरिजमा ३२एम्पी सोनी सेल्फी मेन क्यामेरा रहेको छ । त्यसैगरी जीटी एक्सप्लोर मास्टर एडीसनमा OIS सहितको ५०एम्पी सोनी IMX766 मेन क्यामेरा रहेको छ । जीटी मास्टर मास्टर एडीसन ६४एम्पी मेन क्यामेरासहित उपलब्ध छ । Pro street photography मा DSLR camera बाट मात्र देखिने दिन, रात, पोट्रट, ल्याण्डस्केपका आकर्षक फोटोहरु अब प्रयोगकर्ताले यी स्मार्टफोनबाट नै street photography mode प्रयोग गरेर लिन सक्नेछन् ।

120Hzrefresh rate सहितको यी दुई स्मार्टफोनहरुमा Samsung AMOLED screen छ जसमा visual आकर्षक देखिन्छ । 10240-level brightness adjustment र HDR10+ support को साथमा GT Explorer Master Edition मा छ । 56-degree curved display सँगै Dolby Atmos Dual Speakers Tactile Engine पनि सपोर्ट गर्छ ।

6GB + 128GB सहितको realme GT Master Edition Series सुरुवाती मूल्य 449 USD रहेको  कम्पनीले  उल्लेख गरेको छ । कम्पनीका अनुसार 8GB + 128GB सहितको realme GT Explorer Master Edition को सुरुवाती मूल्य 499 USD रहेको छ । त्यस्तै 12GB + 256GB को मूल्य 549 USD रहेको छ ।अगस्ट २३ देखि AliExpress मा उपलब्ध 6GB + 128GB सहितको realme GT Master Edition को मूल्य 299 USD रहेको छ र 8GB + 256GB को मूल्य 339 USD रहेको छ ।

realme Book: 2K display भएको रियलमीको पहिलो ल्यापटपको आकर्षक पर्फमेन्स र दुर्लभ मूल्य

ब्लु र ग्रे रंगहरुमा उपलब्ध रियलमीको पहिलो ल्यापटपमा super-slim 14.9mm metal body को case रहेको छ । यसमा 400 nits peak brightness सहित 14-inch 2K full vision display रहेको छ । परम्परागत 16:9 screen ratio को तुलनामा यसको 3:2 screen ratio ले Microsoft Office software प्रयोग गर्दा screen मा अझ धेरै information देखाउँछ ।
ठूलो गेमहरु पनि सजिलै चल्न सक्ने realme Book लाई 11th Gen Intel Core processor र dual-fan Storm Cooling System ले पावर गरेको छ । यसमा 16GB सम्म Dual-channel LPDDR4x RAM सम्म उपलब्ध छ ।