global ime bank Long Banner Ad

गृहपृष्ठ दार्चुला घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

दार्चुला घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

दार्चुला घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

दार्चुला घटनाको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । समितिलाई घटनाको अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।

समितिमा नेपाल प्रहरीका डीआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका एसएसपी सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् । यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका- २, माल बस्ने वर्ष ३३ का जयसिंह धामी तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका छन् । घटनाका प्रत्यक्षदर्शीका अनुसार भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) का जवानले तुइन काटिदिँदा धामी बेपत्ता भएका हुन् ।

प्रकाशित समय : ०२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु