गृहपृष्ठ थप १९८१ जनामा कोरोना पुष्टि, २०२० जना डिस्चार्ज
थप १९८१ जनामा कोरोना पुष्टि, २०२० जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टाभित्र १ हजार ९८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । ८ हजार ४०२ पीसीआर परीक्षणमा आइतबार थप १ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २३४ परीक्षणबाट ५ हजार ८७ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ६३६ परीक्षणमा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हाे । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ छ । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितकाे संख्या ३१ हजार २९८ रहेकाे छ ।
प्रकाशित समय : २३:१६ बजे



















