global ime bank Long Banner Ad

गृहपृष्ठ म्यानमार दुई वर्षमा नयाँ निर्वाचन गर्ने सैनिक नेता मिनद्वारा घोषणा

म्यानमार दुई वर्षमा नयाँ निर्वाचन गर्ने सैनिक नेता मिनद्वारा घोषणा

म्यानमार दुई वर्षमा नयाँ निर्वाचन गर्ने सैनिक नेता मिनद्वारा घोषणा

म्यानमारको सैन्य समूहका प्रमुख नेता सन् २०२३ को अगस्टसम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्वाचन गर्ने घोषणा गरेका छन् । आइतबार घोषणासँगै सैनिक नेतृत्वले ६ महिनाअघि आङ सान सुकीलाई पदबाट हटाउँदा सार्वजनिक गरेको निर्वाचनको प्रारम्भिक समयसीमा विस्तार गरेको हो । उक्त समय सेनाले ६ महिनाभित्र निर्वाचन गर्ने बताएको थियो ।

एक टेलिभिजन च्यानलमार्फत् जुन्ता नेता मिन आङ हलिङले भने, 'हामीले अगस्त २०२३ सम्ममा आकस्मिक अवस्थाका प्राबधानहरू पूरा गर्नेछौं । उक्त समयसम्म निष्पक्ष निर्वाचन गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछौँ ।' सैनिक नेतृत्वको प्रशासनले सार्बजनिक गरेको यो निर्बाचनको घोषणा उसैले सत्ता कब्जा गरेपछि दिएको समयसीमा भन्दा साढे दुई बर्ष ढिलो पुगेको छ । यद्यपि यो कुरामा पनि त्यहाँ आन्दोलनरत दलहरू आश्वस्त देखिँदैनन् ।

‘मैले कुनै पनि हालतमा तोकिएको समयमा बहुदलीय निर्वाचन गर्ने प्रतिवद्धता व्यक्त गर्छु,’ उनले निर्वाचन घोषणा गर्दै टेलिभिजनमार्फत् गरेको सम्बोधनमा भने । सेनाले गत फागुनमा नागरिक आन्दोलनका अगुवालाई देश निकाला गरेपछि म्यानमारमा सैनिक शासन लागु गरिएको छ भने विपक्षी दलहरूको आन्दोलन र सैनिक प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिन भन्दै चलाएका सुरक्षा कारबाहीका कारणम्यानमारको दैनिकी अस्तव्यस्त भएको छ । स्थानीय अनुगमन समूहका अनुसार सेनाले निर्वाचित सरकारलाई हटाउँदा भएका झडपहरूमा अहिलेसम्म ९०० भन्दा बढीको मृत्यु भएको छ । 

प्रकाशित समय : २२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु