Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

न्युज कारोबार काठमाडौं साउन १४, २०७८       

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

सेयर बजारमा चलखेल भएको विषयमा प्रकाशित समाचारकाे विषयलाई लिएर अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले केही कम्पनीको सेयर कारोबारमा चलखेल तथा पदकाे दुरूपयाेग गरी व्यक्तिगत लाभ लिएको समाचार बाहिरिएकाे थियाे ।

उक्त समाचार बाहिर आएपछि मन्त्रालयले ३ दिनभित्र स्पष्टीकरण बुझाउन बुधबार बाेर्डमा पत्र पठाएको हाे । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले पठाएकाे पत्रमा धितोपत्र बोर्डलाई ३ दिनभित्र स्पष्टीकरण पठाउन भनेको छ । विभिन्न सञ्चारमाध्यममा बोर्डसँग जोडिएर आएको समाचारको सत्य तथ्य, स्पष्ट र यथार्थपरक विवरण पेस गर्न बोर्डलाई भनिएको छ । ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका बाेर्डसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयकाे ध्यानाकर्षण भएकाे छ, सञ्चार माध्यममा आएका उक्त विषयवस्तुकाे सम्बन्धमा सत्यतथ्य यथार्थता के हाे ? साेकाे स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन हुन आदेशानुसार अनुराेध छ,’ मन्त्रालयले पठाएकाे पत्रमा भनिएकाे छ ।

नेपालमा पहिलोपटक बुक विडिङमार्फत सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टकाे १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरीको नाममा नामसारी भएको पाइएपछि अर्थले स्पष्टीकरण मागेको हो ।

मन्त्रालयकाे पत्र :

सम्बन्धित खबरहरु