Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

बादल निवास पुगे विप्लव

न्युज कारोबार काठमाडौं साउन ९, २०७८       

बादल निवास पुगे विप्लव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेटेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' रामबहादुर थापा 'बादल'लाई भेट्न उनको निवास पुगेका छन् ।

बादलको निवास नै पुगेर उनले बादलसँग भेट गरेका हुन् । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए । तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए । 

सम्बन्धित खबरहरु