काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ह्वावेले डिजिटल पावर इनोभेशनको साथ आसियानको ग्रीन विकास सशक्त पार्ने

10.46K
shares

ह्वावेले जलवायु परिवर्तन र ग्रीन विकासमा आसियानको सहयोगलाई सक्षम पार्न यसको डिजिटल पावर इनोभेशनको लाभ उठाउने जनाएको छ । शुक्रबार ह्वावे एसिया प्यासिफिकका अध्यक्ष जेफरी लियूले अनलाइन आसियान-चीन डिजिटल इकोनोमी डेभ्लप्मेन्ट एण्ड कोओपरेशन फोरम २०२१ मा उक्त कुरा बताएका हुन् ।

जलवायु परिवर्तन र वातावरणीय मुद्दा विश्वव्यापी चुनौती बन्दैछन् । आर्थिक मन्दी र विश्वव्यापी लकडाउनका कारण विगतका वर्षको तुलनामा कार्बन उत्सर्जनमा गिरावट आएको भए पनि अर्थव्यवस्था फेरी खुल्दा उत्सर्जन  द्रुत गतिमा गइरहेको छ । सर्कुलर अर्थतन्त्रमा परिवर्तन हुनु र दिगो विकासको प्राप्ति गर्नु अब सबै देशको साझा लक्ष्य हो । विश्वका २० वटा सबैभन्दा बढी कमजोर क्षेत्रमध्ये छ वटा आसियानका सदस्य राष्ट्रमा सम्भावित जलवायु परिवर्तनले महत्वपूर्ण क्षेत्रीय प्रभाव पारेको छ । आसियानले वर्षौंको अवधिमा विभिन्न वातावरणीय, आर्थिक र सामाजिक गतिविधिको माध्यमबाट जलवायु परिवर्तन सम्बोधन गर्ने कार्य गरेको छ । उदाहरणका लागि, थाइल्याण्डले २०३० मा उच्च कार्बन उत्सर्जन र २०६५ मा शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ ।

'विश्वव्यापी रूपमा हामीलाई कार्बन न्यूट्रालिटीको लक्ष्य भएको ग्रीन औद्योगिक क्रान्ति चाहिन्छ । डिजिटल अर्थव्यवस्था बढ्दै जाँदा उत्सर्जन घटाउने गतिले देशलाई व्यापार अवरोधको जोखिम व्यवस्थापन गर्न र थप स्वतन्त्र व्यापार सम्झौता सुरक्षित गर्न मद्दत पुर्‍याउँछ,' जेफरी लियूले भने । आइसीटी प्रविधि ऊर्जा संरक्षण र अन्य उद्योगमा उत्सर्जन घटाउने महत्वपूर्ण सक्षमकर्ता हो । आइसीटी प्रविधिद्वारा सक्षम अन्य उद्योगमा कार्बन उत्सर्जनमा आएको कमी आइसीटी उद्योगले नै उत्सर्जित कार्बनको मात्रा १० गुणा बढी हुने अनुमान गरिएको छ । 

नवीकरणीय ऊर्जा प्रवद्धन गर्न ह्वावेले १७० भन्दा बढी देश र क्षेत्रमा आफ्नो डिजिटल उर्जा सोलुसन परिचालन गरेको छ । जसले विश्वको एक तिहाई जनसंख्यालाई सेवा प्रदान गर्दछ । डिसेम्बर २०२० सम्म यी सोलुसनले नवीकरणीय स्रोतबाट ३२५ बिलियन किलोवाट बिजुली उत्पादन गरेको छ र कुल १० बिलियन किलोवाट बिजुली बचाएको छ । यी प्रयासको परिणामस्वरूप CO2 उत्सर्जनमा १६० मिलियन टन घटेको छ । सिंगापुरमा, उदाहरणका लागि, ह्वावे फ्यूजनसोलार सोलुसनले एक सोलार सोलुसन प्रदायक सनसेप ग्रुपलाई सहयोग गरेको छ । जसले विश्वको सबैभन्दा ठूलो अफशोर फ्लोटिङ फोटोभोल्टिक फार्म निर्माण गर्दछ । १३ हजार ३१२ सोलार प्यानल, ४० इन्भर्टर र ३० हजार भन्दा बढी फ्लोटहरूको साथ यस पाँच हेक्टरमा आधारित सोलार प्लान्टले प्रति वर्ष ६० लाख २२ हजार ५०० किलोवाट उर्जा उत्पादन गर्ने अनुमान गरिएको छ । अनुमानित ४ हजार २५८ टन कार्बन डाइअक्साइड अफसेट गर्दै यस टापुमा १ हजार २५० चार-कोठा भएको सार्वजनिक आवास फ्लैटहरूको लागि पर्याप्त बिजुली आपूर्ति गर्ने छ । 

'ह्वावे ग्रीन एकीकृत आइसीटी सोलुसनको प्रवद्धन गर्न प्रतिबद्ध छ जसले अन्य उद्योगलाई उर्जा संरक्षण र उत्सर्जन घटाउन सहयोग पुर्‍याउछ,' जेफ्री लियूले भने, 'हामी आसियानसंग संलग्न भई ऊर्जा-दक्ष, इको-फ्रेन्डली लो-कार्बन समाजको लागि कार्बन फुटप्रिन्ट कम गर्न स्वच्छ उर्जा उत्पादन, विद्युतीय यातायात र स्मार्ट उर्जा स्टोरेजको उपयोग गरेर सहयोग गर्नेछौं ।'