गृहपृष्ठ खोप उत्पादन ल्याब विस्तारमा एसके बायोसाइन्सले एक खर्ब ५० अर्ब वन लगानी गर्ने
खोप उत्पादन ल्याब विस्तारमा एसके बायोसाइन्सले एक खर्ब ५० अर्ब वन लगानी गर्ने
दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्नेगरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर ग्योङसाङ प्रान्तको एन्डोङमा अवस्थित खोप कारखाना एल हाउसमा कारखाना र उत्पादन केन्द्र विस्तार गर्न लगानी गर्न ग्योङबुक प्रान्त र एन्डोङ सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको घोषणा गरेको छ ।
खोपको बढ्दो मागलाई ध्यानमा राख्दै खोपको लागि उच्च प्रविधिको सुविधा विस्तार गर्न र कारखानाका लागि थप केन्द्र सुरक्षित राख्न एसके बायोसाइन्सले सन् २०२४ सम्ममा लगभग एक खर्ब ५० करोड वन लगानी गर्नेछ साथै एल हाउसले यो लगानीमा उत्पादन सुविधा विस्तार गर्नेछ । एल हाउसले कोषिका परीक्षण, जीवाणु परीक्षण, आनुवंशिक पुनः संयोजन र प्रोटिन ‘बाइन्डिङ’जस्ता नवीनतम सेवा तथा खोप उत्पादन सुविधा र एमआरएनए र पछिल्लो पुस्ताको भाइरल भेक्टरका लागि नयाँ सुविधा स्थापना गर्नेछ ।
यसबाहेक, यसले ग्योङबुक बायोको दोस्रो औद्योगिक क्षेत्रमा थप ९९,१३० वर्ग मिटर जमिन खरिद गरि कारखाना स्थललाई १६१,००० वर्ग मिटरमा विस्तार गर्नेछ । एसके बायोसाइन्सले बढ्दो खोप उत्पादनका साथ कोरियाली घरेलु बजारमा आफ्नो प्रमुख स्थानलाई सुदृढ पार्न र विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्न आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको हो ।
प्रकाशित समय : २२:१५ बजे



















