गृहपृष्ठ सेयर बजार भारी अंकले गिरावट, पाँच कम्पनी नकारात्मक सर्किटको लेभलमा
सेयर बजार भारी अंकले गिरावट, पाँच कम्पनी नकारात्मक सर्किटको लेभलमा
साताको पहिलो दिन आइतबार भारी अंकले गिरावट भएको सेयर बजारमा आज पनि धेरै अंकले माइनसमा गएको छ । सेयर बजार मापक नेप्से परिसूचक ७१.०६ अंकले घटेर दुई हजार ८३४.४० अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ८.३७ अंकले घटेर ५२०.१८ अंकमा पुगेको छ ।
आज २२७ कम्पनीको दुई करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै उपसमूहको सेयर आज रताम्य देखिएको छ । सबै समूहहरुको सेयर भारी अंकले घटेको छ ।
पाँच कम्पनीको कारोबार नकारात्मक सर्किटको लेभेलमा पुगेका छन् । युनिभर्सल पावर कम्पनी, पोखरा फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, युनियन हाइड्रोपावर र युनिभर्सल कम्पनीको सेयर कारोबार नकारात्मक सर्किटको लेभलमा पुगेका छन् ।
प्रकाशित समय : २१:२५ बजे



















