global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोना संक्रक्रमणबाट झापामा २ जनाको मृत्यु

कोरोना संक्रक्रमणबाट झापामा २ जनाको मृत्यु

कोरोना संक्रक्रमणबाट झापामा २ जनाको मृत्यु

 

कोरोना संक्रमणबाट झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका गरी दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा–४ की ४१ वर्षीया महिला रहेकी छन् । उनलाई अचानक श्वासप्रश्वासको समस्या भएपछि गत जेठ २७ गते बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल भर्ना गरिएको थियो ।

त्यहाँ कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हस्पिटलको सघन उपचार कक्षमा उपचार गराइरहँदा स्वास्थ्यमा सुधार नआएपछि आफन्तले आइतबार बिरामीलाई घर ल्याएका हुन् । घरमा फेरि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि दमकको लाईफलाइन हस्पिटल लैजाने क्रममा राति १० बजे मृत्यु भएको परिवारले जनाएको छ । सो गाउँपालिकामा दोस्रो लहरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

शिवसताक्षी वडा नं १० का कोरोनाबाट नै ६१ वर्षीय टंक विमलीको पनि आइतबारै उपचारका क्रममा विर्तासटी अस्पतालमा मृत्यु भएको हो । मृतक दोमुखामा दुई दशकदेखि होटल व्यवसाय गर्दै आएका थिए । शिवसताक्षीमा कोरोनाको दोस्रो लहरयता हालसम्म आठ संक्रमितको मृत्यु भइसकेको छ । त्यसैगरी हाल नगरका ३५८ संक्रमितमध्ये २२१ निको भइसकेका छन् भने १८८ सक्रिय संक्रमित उपचाररत रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु