global ime bank Long Banner Ad

गृहपृष्ठ दोस्रोपटक पदमुक्त भएका जनमोर्चाका सांसद थापा फेरि सर्वोच्चमा

दोस्रोपटक पदमुक्त भएका जनमोर्चाका सांसद थापा फेरि सर्वोच्चमा

दोस्रोपटक पदमुक्त भएका जनमोर्चाका सांसद थापा फेरि सर्वोच्चमा

पार्टीबाट दाेस्राेपटक पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य सांसद कृष्ण थापा फेरि सर्वोच्च अदालत पुगेका छन् । तत्कालीन विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग नगरेको भन्दै पार्टीको सिफारिसमा सभामुख नेत्रनाथ अधिकारीले जेठ २८ गते उनलाई दोस्रोपटक पदमुक्त गरेका थिए ।

पहिलोपटकको पदमुक्त निर्णय कार्यान्वयनमा सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएर पुनर्वहाली गरेको थियो । दोस्रोपटक पनि पदमुक्त भएपछि उनी सर्वोच्च पुगेका हुन् । रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशीमा चढेको छ । सभामुखले जबरजस्ती पदमुक्त घोषणा गरेकाले आफू फेरि अदालत पुगेको थापाले बताएका छन् ।

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु