Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

सुरू भयो आजदेखि विद्यालय तहकाे नयाँ शैक्षिक सत्र

न्युज कारोबार काठमाडौं असार १, २०७८       

सुरू भयो आजदेखि विद्यालय तहकाे नयाँ शैक्षिक सत्र

देशभर आजदेखि विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीका कारण गत वर्षदेखि नै समय व्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण दुई महिना ढिला गरी आज असार १ देखि कक्षा १० सम्मकाे शैक्षिक सत्र सुरु हुन लागेको हो ।

कोरोना संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरु गर्नुपर्ने छ । नयाँ शैक्षिक सत्रको तालिका असार १५ सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नु पर्ने बताइएको छ। भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्नुपर्नेछ ।

कक्षा ११ को पठनपाठन भने भदौ १ बाट सुरु हुनेछ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)काे आन्तरिक मूल्यांकन गरी साउन दोस्रो सातासम्म नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ ।

सम्बन्धित खबरहरु