Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

कोभिड-१९ संक्रमण रोकथामको सन्दर्भमा सरकारबाट जारी निषेधाज्ञाबारे नाडाको धारणा

न्युज कारोबार काठमाडौं जेठ ३०, २०७८       

कोभिड-१९ संक्रमण रोकथामको सन्दर्भमा सरकारबाट जारी निषेधाज्ञाबारे नाडाको धारणा

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले सरकारले यथासक्य जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गर्नुपर्ने धारणा राखेको छ । खोपको साथै संक्रमणबाट बच्ने अन्य शुरक्षात्मक उपायको कडाइकासाथ पालन गराउदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने नाडाको धारणा छ ।

नाडाद्वारा जारी विज्ञप्तमा भनिएको छ,' थपिदो लकडाउन अवधिका कारण अब जनता स्वयं नै आफनो दु:ख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुदै गएको र यस्तो सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको वर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ ।'

नाडाले विकट स्थिति आउनु अघि नै सरकारले हाल घटदो क्रममा रहेको संक्रमणको स्थितिलाई दृृष्टिगत गर्दे लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान लागि सरकारसँग अपिलसमेत गरेको छ ।

सम्बन्धित खबरहरु