Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

टीभीएस एनटर्क १२५ को अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्री माइलस्टोनको पार

न्युज कारोबार काठमाडौं जेठ २६, २०७८       

टीभीएस एनटर्क १२५ को अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्री माइलस्टोनको पार

टीभीएस एनटर्क १२५, स्पोर्टी ब्लुटुथ जडान गरिएको स्कुटरले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिटको बिक्रीको लक्ष्य पार गरेको छ । टीभीएस मोटर कम्पनीले बुधबार उक्त कुराको घोषणा गरेका छन् ।

सन् २०१८ मा टीभीएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । त्यहाँदेखि यसले सधैँ आफ्नो स्थान सुनिश्चित राखेको छ । धेरै वर्षमा ब्रान्ड इन्डस्ट्री फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । आज टिभियस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आशियनका १९ देशहरुमा अवस्थित छ ।

कार्यक्रममा बोल्दै टीभीएस मोटर कम्पनीका निर्देशक एवं सीईओ के एन राधाकृष्णले भने, 'हाम्रो स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्रीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौँ । यसको सुरुवात भएदेखि नै स्कुटरले विश्वव्यापी जेन जेड ग्राहकबीच मनपर्दो बनेको थियो । स्कुटरको स्ट्राइकिङ उपस्थिति, जडित टेक्नोलोजी र उच्च प्रदर्शन भएको टिभियस एनटर्क १२५ ब्रान्डको अनुभवको एक विशेषता हो ।' टीभीएस एनटर्क १२५ ले रेसिङ पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्दछ । यो रेस ट्युन्ड आरटी–एफआईको साथ सुसज्जित पहिलो स्कुटर हो । यस स्कुटरले एक्स्क्ल्युसिभ टीभीयस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टीभीयस स्मार्ट कनेक्टलाई प्रिमियर गर्दछ । नेपालमा टीभीएस एनटर्क १२५ को पहिलो पटक लन्च न्यासनल अटोमोबाइल डिलर एसोसिएशन(नाडा)अटो शोमा गरिएको थियो । त्यसबेला देखि नै यो स्कुटर नेपाली विशेष गरी युवाहरुका लागि डिजाइन गरिएको छ । जसको कारण पनि ग्राहकबीच पहिलो रोजाई बन्न सफल भएको कम्पनीले जनाएको छ ।

यो स्कुटर टीभिएस रेसिङ पेडेग्रीमा आधारित छ । स्टेट–अफ–आर्ट सीभीटीआई–आरईभीभी३ भल्भइन्जिनका साथ उपलब्ध छ । यस स्कुटरले विशेष टेक्नोलोजी प्ल्याटफर्म–टीभीयस स्मार्ट कनेक्टको पनि लन्च गरेको थियो जसले यो स्कुटरलाई कनेक्टेड स्कुटरको रुपमा प्रतिष्ठित गराएको छ । जगदम्बा मोटर्सका एमडी शहिल अग्रवालले भने, 'यो स्कुटर सबै ग्राहकबीच लोकप्रिय बनेको छ र म ढुक्क छु कि रेस एडिसनले धेरै भन्दा धेरै मनोरञ्जनताको एलिमेन्टलाई प्रस्तुत गर्दै सबै ग्राहकलाई सन्तुष्टि प्रदान गर्नेछ।'

नेपाली बजारमा एनटर्क १२५ तीन प्रकारमा उपलब्ध छ । रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन । रेगुलर एनटर्क १२५ को मूल्य नेपाली २ लाख १८ हजार ९०० (ड्रम) र नेपाली २ लाख ४५ हजार ९००(डिस्क), एनटर्क १२५ रेस एडिसनको मूल्य नेपाली २ लाख ६१ हजार ९०० र एफआईलाई नेपाली २ लाख ७७ हजार ९०० अनि एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य नेपाली २ लाख ६६ हजार ९०० रहेको छ ।

टिभियस एनटर्क १२५ तीनवटा भेरियन्ट–डिस्क, ड्रम र रेस एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक ब्लु को रंगहरुमा उपलब्ध छ । रेस एडिसन रेड–ब्ल्याक र पहेलो–ब्ल्याक रंगहरुमा उपलब्ध छ । 

सम्बन्धित खबरहरु