काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मंगलबार सुनको मूल्य पुन: उकालो

15.33K
shares

सोमबार घटेको सुनको मूल्य मंगलबार पुन: बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७ सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार ३ सय रूपैयाँ घटेको थियो । आज भने सुनको मूल्य ३ सय रूपैयाँ बढेको छ ।

आज छापावाल सुन तोलामा ९४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलामा ९३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबारको लागि तेजावी सुनको मूल्य तोलामा ८३ हजार ६ सय रूपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँ बढेर १ हजार ३ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा १ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।