global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारले देशले दुष्परिणाम भोग्नु परेको छ : देउवा

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारले देशले दुष्परिणाम भोग्नु परेको छ : देउवा

राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारले देशले दुष्परिणाम भोग्नु परेको छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहारका कारण देशले दुष्परिणाम भोग्नु परेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने भन्दै उनले हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहार तदनुकूल नहुँदा देशले दुष्परिणाम भोग्नु परेको टिप्प्णी गरेका हुन् ।

शुभकामना सन्देशमा देउवाले भनेका छन्, ‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्दछ र बन्नुपर्दछ । देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु ।’

कोभिड-१९ को महामारी नियन्त्रण गर्न पनि सरकार उदासिन भएको उनले आरोप लगाएका छन् । सन्देशमा भनेका छन्, 'कोरोना महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ भने जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको छ । यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि म सबैलाई आग्रह गर्दछु ।'

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु