Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

धनुषामा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारको प्रयास

दिपेन्द्रप्रसाद सिंह धनुषा जेठ १४, २०७८       

धनुषामा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारको प्रयास सांकेतिक तस्बिर

धनुषामा एक किशोरीमाथि सामुहिक बलात्कारको प्रयासपछि घटना गाउँमै मिलाउन चलखेल भइरहेको घटना सार्वजनिक भएको छ । बुधबार जिल्लाको सवैला नगरपालिका–१२ रघुनाथपुर बस्ने तीन जना युवकले युवतीमाथि बलात्कार प्रयासपछि गाउँमै मिलाउने तयारी भएको हो ।

बुधबार दिउँसो खेत गएकी किशोरीलाई गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवानले आफूमाथि बलात्कारको प्रयास गर्दै भिडियोसमेत खिचेको पीडित युवतीले आरोप लगाएकी छन् । बुधबार घटना भए पनि पीडित पक्षलाई दबाब दिएर स्थानीय नेताहरुले गाउँमै मिलाउने प्रयास गरेको सूचना प्रहरीले प्राप्त गरेपछि घटना सार्वजनिक भएको हो ।

मिलापत्र गराउन गाउँमा पञ्चायत बसेकै बेला प्रहरीको टोली त्यहाँ पुगेको थियो । त्यसपछि प्रहरीले पीडित किशोरीलगायत पञ्चायतमा संलग्न तीन/चार जनालाई इलाका प्रहरी कार्यालय सवैला ल्याएर घटना दर्ता गराउन लगाएको हो । बिहीबार पीडित किशोरीले आरोपित युवकहरुविरुद्ध उजुरी दर्ता गराएपछि घटना लगत्तै फरार भएका युवकहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए ।

सम्बन्धित खबरहरु