गृहपृष्ठ ओलीको सर्वसत्तावाद र निरंकुशतालाई परास्त गर्दै कानुनी राज स्थापना गराैँ : माधव नेपाल

ओलीको सर्वसत्तावाद र निरंकुशतालाई परास्त गर्दै कानुनी राज स्थापना गराैँ : माधव नेपाल

ओलीको सर्वसत्तावाद र निरंकुशतालाई परास्त गर्दै कानुनी राज स्थापना गराैँ : माधव नेपाल

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई हटाउँदै मुलुकमा कानुनी राज स्थापनाका लागि एकजुट हुन अपिल गरेका छन् । एमालेको साधारण सदस्यबाट निष्कासित भएपछि त्यसबारे प्रतिक्रिया दिँदै नेपालले कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गर्ने जिम्मेवारी आफूहरूलाई सुम्पेको बताए ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अपील लेख्दै उनले पार्टीले आफूहरूलाई गरेकाे कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको उल्लेख गरेका छन् । ‘हामीमाथि कानुनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आएको छ,’ उनले भने । आफूले पार्टीलाई दुर्घटनाबाट जोगाउन भूमिका निर्वाह गरे पनि ओलीले संकटपूर्ण अवस्थामा पुर्‍याएको नेता नेपालको दाबी छ ।

उनले नेपालको इतिहासमा सिंगो कम्युनिस्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रूपमा ओलीले आफूलाई स्थापित गरेको आरोप लगाए । कम्युनिस्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुनु दु:खद् रहेको नेता नेपालकाे भनाइ छ । ओलीले व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेको नेता नेपालको भनाइ छ ।

 

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु