Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

अब अक्सिजन सीसीएमसीले उपलब्ध गराउने

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

अब अक्सिजन सीसीएमसीले उपलब्ध गराउने फाइल तस्बिर ।

अब कोभिड- १९ का संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सोमबार सूचना जारी गर्दै देशभरिका अस्पतालमा अक्सिजनको आवश्यकताको आधारमा सिसिएमसीले उपलब्ध गराउने जानकारी दिए ।

यसअघि संक्रमितका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन अस्पताललाई मन्त्रालय गर्ने गरेको थियो । 'मन्त्रालयको तथ्यांकमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सीसीएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ,' सूचना भनिएको छ । 

आइतवार मात्र सीसीएमसीले संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन अस्पतालमा सहज उपलब्ध गराउनका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले २७ हजार ७६१ अक्सिजन सिलिण्डर रहेको छ ।

सम्बन्धित खबरहरु