Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभासमक्ष राखेको विश्वासको प्रस्ताव असफल भएको छ । सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्ताव असफल भएको हो। मतदानमा प्रस्ताव पारित हुन आवश्यक १३६ मत नपुगेसँगै प्रस्ताव पारित हुन नसकेको हो ।

प्रस्तावमाथि भएको मतदानमा ओलीले जम्मा ९३ मत पाए । प्रस्तावको विपक्षमा १२४  मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले मत दिएका थिए । पक्ष र विपक्षमा मत दिन्नँ भन्नेमा‍‍ १५ मत परेको सभामुख अग्निप्रसाद सापकाेटाले जानकारी गराए । मतदानमा २३२ सांसद सहभागी थिए । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले यसमा मतदान गरेका थिए ।

एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित थिए । प्रस्ताव असफल भएसँगै संविधानत: प्रधानमन्त्री पदमुक्त हुने भएका छन् । उनले सम्भवतः आजै राष्ट्रपतिसमक्ष राजीनामा दिनेछन् ।

सम्बन्धित खबरहरु