Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

सोमबार सेयर बजारमा हरियाली, कारोबार भने ४ अर्ब मात्रै

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

सोमबार सेयर बजारमा हरियाली, कारोबार भने ४ अर्ब मात्रै

सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । धितोपत्र बजारअन्तर्गत सेयर बजार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर दुई हजार ६४५.८५ अंकमा उक्लेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि ४.३५ अंकले बढेर ४७५.१२ अंकमा पुगेको छ ।

आइतबार सेयर बजारमा सबै उपसमूह ओरालो लागेको भोलिपल्ट भने सबै उपसमूह उकालो लागेका छन् । बैकिङ ३.६१, व्यापार १९.६१, होटल तथा पर्यटन ११.४६, विकास बैंक १८.०८, जलविद्युत १५.९८, वित्त १०.२३, निर्जीवन बिमा ३४६.०३, उत्पादनमुलक १३३.६४, अन्य ७९.५५, लघुवित्त ५०.१८, जीवन बिमा १३७.८२, सामुहिक लगानी कोष ०.०५ र लगानी समूहको सेयर १ अंकले बढेको छ ।

आज २१८ कम्पनीको ७५ लाख ७९ हजार तीन कित्ता ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँको किनबेच भएको छ । त्यस्तै आज दुई कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा कम्पनीको प्रमोटर सेयरमा पनि सर्किट लागेको छ भने विशाल बजार कम्पनीको सेयर नकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ ।

सम्बन्धित खबरहरु