Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

ओलीलाई प्रचण्डको आग्रह- राजीनामा दिनुस् र नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्नुस्

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

ओलीलाई प्रचण्डको आग्रह- राजीनामा दिनुस् र नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्नुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयं ओलीलाई पनि नभएको बताए ।

प्रचण्डले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन । प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ । तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन । उहाँले बुझ्दाबुझ्दै पनि अपिल गर्नुभएको छ। यो उहाँको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान नै गर्न चाहन्छु ।’

प्रचण्डले सरकारका गतिविधिका कारण प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने कुनै स्थिति नभएको बताए । उनले भने, ‘तपाईं नेतृत्वको सरकार गठन भएदेखिका गतिविधि हेर्दा विश्वासको मत प्राप्त गर्ने कुनै स्थिति छैन ।’

सम्बन्धित खबरहरु