गृहपृष्ठ माधव नेपालसँग सहमतिका लागि ‘अन्तिम प्रयास’ गर्दै ओली
माधव नेपालसँग सहमतिका लागि ‘अन्तिम प्रयास’ गर्दै ओली
प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने अघिल्लाे दिन नेकपा एमालेकाे गतिविधि चासाेकाे केन्द्रमा छ । आन्तरिक विवाद उत्कर्षमा पुगेको एमालेका नेताहरू केही दिनयता भेटघाट र छलफलमा अत्याधिक व्यस्त छन् ।
यसबीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वरिष्ठ नेता माधव नेपालसँग वार्ताका लागि पठाएर सहमतिका लागि 'अन्तिम प्रयास' गरेका छन् । स्रोतका अनुसार ओलीको आधिकारिक प्रतिनिधि बनेर नेपाललाई भेट्न दुवै नेता अहिले सिंहदरबार पुगेका छन् । नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामाको लागि हस्ताक्षर गरेर बुझाइसकेका छन् । तर ओलीले नेपालसँग वार्ताका लागि आफूनिकट नेतालाई पठाएका हुन् । यो प्रयासलाई ओलीको तर्फबाट नेपाल पक्षलाई पार्टीमा राख्न अन्तिम प्रयास रहेको बताइएको छ ।
वैशाख २७ गतेका लागि निर्धारित संसदको विशेष अधिवेशनअगाडि ओली र नेपाल पक्षबीच सहमतिको खोजी तीव्र भइरहे पनि अहिलेसम्म सकारात्मक नतिजा निस्कन सकेकाे छैन ।
प्रकाशित समय : २२:०१ बजे




















