गृहपृष्ठ ‘कमिसन नमिलेका कारण कोरोना भ्याक्सिन ल्याउन अवरोध गर्नु अपराध हो’
‘कमिसन नमिलेका कारण कोरोना भ्याक्सिन ल्याउन अवरोध गर्नु अपराध हो’
नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र कोरोनाको भ्याक्सिन ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध भएकाे बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा कोरोना रोगथाम र नियन्त्रणको विषयमा आइतबार आफ्नो धारणा सावैजनिक गर्दै भ्याक्सिन खरिदमा कमिसन खान खोज्नेलाई तत्काल कारबाही गर्न माग गरेका हुन् ।
उनले कोरोना नियन्त्रण तथा रोगथाम गर्नका लागि सरकारलाई १३ बुँदे सुझाव दिएका छन् । कोरोना बढ्दै गएको अवस्थामा सरकारले कोरोनाको भ्याक्सिनजस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न नेता नेपालले अनुरोध गरेका छन् ।
प्रकाशित समय : २१:२६ बजे




















