गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीलाई पराजित गर्दै चेल्सी बन्यो विजेता
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीलाई पराजित गर्दै चेल्सी बन्यो विजेता
च्याम्पियन्स लिगका फाइनलिस्ट चेल्सी र म्यानचेस्टर सिटीबिच घरेलु लिगमा भएको खेलमा चेल्सीले बाजी मारेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो ।
४४ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको गोलबाट सिटीले सुरुवाति अग्रता लिएको थियो । तर दोस्रो हाफमा चेल्सीले पुनरागमन गर्दै जित दर्ता गरेको हो । उसका लागि ६३ औँ मिनेटमा जियच र इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा एलोन्सोले गोल गरेका हुन् ।
चेल्सीले गोल गर्नुअघि सिटीले पाएको पेनाल्टीमा सर्जियो अग्युरो गोल गर्नबाट चुके । म्यानचेस्टर सिटीलाई इंग्लिस च्याम्पियन बन्नका लागि तीन अंक चाहिएको छ । तीन खल बाँकी हुँदा शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८० अंक भएको छ ।
प्रकाशित समय : १४:४१ बजे




















