गृहपृष्ठ प्रचण्ड-माधव समूहले देशभर प्रदर्शन गर्ने, २५०१ सदस्यीय संघर्ष समिति गठन
प्रचण्ड-माधव समूहले देशभर प्रदर्शन गर्ने, २५०१ सदस्यीय संघर्ष समिति गठन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । दाहाल-नेपाल पक्षको आज बसेको केन्द्रीय कमिटी बैठकले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय संघर्ष समिति गठन गरेको छ।
पुष २५ गते देशभर सबै वडामा भेला गर्ने, पुष १४ गते जनवर्गीय संगठनको भेला गर्ने, स्थायी कमिटी सदस्य र प्रदेश कार्यालयको संयोजनमा प्रदेशको आन्दोलन चलाउने, पुष १४ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने बैठकले निर्णय गरेको छ । यस्तै बैठकले पुस २० गते देशभर नगरभेला आयोजना गर्ने पनि निर्णय गरेको छ ।
दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर प्रदेशमा तत्काल स्थायी कमिटीका सदस्यहरुलाई जिम्मेवारी थप गरिएको छ ।
प्रकाशित समय : २१:०० बजे



















