गृहपृष्ठ सभामुखसँग प्रतिनिधिसभा बैठक बोलाउन जसपाको माग
सभामुखसँग प्रतिनिधिसभा बैठक बोलाउन जसपाको माग
प्रतिनिधिसभा विघटन भएका सन्दर्भमा जनता समाजवादी पार्टी नेपालका शीर्षस्थ नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग आज अपराह्न भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटमा जसपाका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गर्दै सभाको बैठक बोलाउन माग गरेको जनाइएको छ ।
प्रधानमन्त्रीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि जसपाले सो सभा जीवितै रहेको मान्यता राखेको जसपाका नेता केशव झाले बताए । उक्त भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेता लक्ष्मणलाल कर्ण सहभागी थिए ।
प्रकाशित समय : २१:२९ बजे



















