काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘फाइभ जी’ विकासका लागि अधिकतम् प्रयोगकर्तालाई प्रविधिमा जोड्ने रियलमीको योजना

23.63K
shares

रियलमीले ‘फाइभ जी’ विकासका लागि अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई प्रविधिमा जोड्ने योजना बनाएको बताएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्काई लिले ‘फाइभ जी’ लाई लोकप्रिय बनाउन ‘फाइभ जी’ प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्र पूर्ण रुपमा उच्च प्रदर्शनका साथ ७० प्रतिशत ग्राहकमाझ पु¥याउने लक्ष्य राखेको बताएका हुन् ।

सीइओ लिलेका अनुसार पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारमालाई प्राथमिकतामा राखेर फाइभ जी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको उनले बताए । उच्च गति एवं कमविलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त फाइभ जी प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ । त्यस्तै रियलमीले विशेषग गरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखेर विश्वभर सातवटा फाइभ जी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोत साधनसहित थप ३ करोड अमेरिकी डलर फाइभ जी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ । 

विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नतिसम्म’ नाराका साथ द्रूत गतिमा फाइभ जी नेटवर्कको विस्तार गरिरहेको छ । पहिलो पटक २०१९ जनवरीमा फाइभ जी नेटवर्कसहितको ‘एक्स ५० फाइभ जी’  सार्वजनिक गरेलगत्तै रियलमीले विभिन्न मूल्यका रेन्जमा फाइभ जी सिरिजका स्मार्ट फोनहरु विश्वभर सार्वजनिक गर्दै आएको छ ।