Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

भाउजुको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण

न्युज कारोबार काठमाडौं वैशाख ५, २०७८       

भाउजुको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण

आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई मोहनले फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनको खोजतलास गर्नेक्रममा निज महानगरीय प्रहरी परिसर काठमाडौंमा आफैँ उपस्थित भएको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

रड प्रहारबाट गम्भीर घाइते भएकी रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबरहरु