nmb bank

गृहपृष्ठ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

सूर्यबिनायक नगरपालिका-८ सिपाडोल मुलबाटोस्थित गाई फर्ममा मनोहरा सुकुम्बासी बस्ती बस्ने सोलुखुम्बु घर भएका अन्दाजी २० वर्षीय ईश्वसर राईको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको छ । हत्या गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार स्थायी घर भएका २० वर्षीय आशिष खुलाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त गाई फर्ममा राईको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती समेतबाट तत्काल खटिएको प्रहरीले आशिषलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मृतक ईश्वर, महोत्तरी घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिस योञ्जन, सुनिल बल र आशिष सिपाडोल मुलबाटोस्थित गाई फर्मको टहराभित्र बसी कुराकानीको क्रममा वादविवाद भई झै-झगडा हुँदा आशिषले खुकुरी प्रहार गर्दा ईश्वसरको घटनास्थलमै मृत्यु भएको खुल्न आएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु