Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

नयाँ वर्षमा ग्राहक वर्गलाई रिद्धि सिद्धिको भेट

न्युज कारोबार काठमाडौं वैशाख ३, २०७८       

नयाँ वर्षमा ग्राहक वर्गलाई रिद्धि सिद्धिको भेट

रिद्धि सिद्धि सिमेन्टले केही महिना अघि ल्याएको 'शिलान्यास रिद्धि सिद्धिसँग' नामक विशेष योजनालाई निरन्तरता दिँदै नयाँवर्ष २०७८ को अवसरमा शिलान्यास गर्न चाहने ग्राहकलाई सानो भेट स्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको छ । कम्पनीले प्रदान गर्ने उक्त पूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्नधातु १थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने छ ।

योजनाको लाभ उठाउन ग्राहकले कम्पनीको निःशुल्क टोल फ्री नम्बर १६६००११२४४४ (नेपाल टेलिकम)/९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् । साथै,कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको QR CODE स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ। अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक विक्रेतामा सम्पर्क राख्नु पर्नेछ ।

यो योजना प्रथम १ हजार उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्नेछ । यस योजनामा सहभागी हुन http://riddhisiddhicements.com/campaign  लिंकमा गइ लग-इन गर्न सक्नेछन् ।

सम्बन्धित खबरहरु