गृहपृष्ठ बेलायतबाट दिपले ल्याए ‘मन खाने माया’ (भिडियोसहित)
बेलायतबाट दिपले ल्याए ‘मन खाने माया’ (भिडियोसहित)
दिप गिरीको शब्द, शंकर थापा स्माइलुको संगीतमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यस गीतमा किरण भुजेल र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायाँकन गरेका हुन् । सविता गिरी निर्मात्री रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो ।
प्रकाशित समय : १८:२४ बजे


















