global ime bank Long Banner Ad

गृहपृष्ठ माधव नेपाल समूह एमालेमै फर्कने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

माधव नेपाल समूह एमालेमै फर्कने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

माधव नेपाल समूह एमालेमै फर्कने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

सर्वोच्च अदालतको फैसलापछि छलफलमा जुटेको प्रचण्ड-नेपाल समूहले अन्तत: अलग-अलग भएर अगाडि निर्णय गरेको छ । आज पेरिसडाँडामा बसेको सो समूहको स्थायी कमिटी बैठकले एमाले र माओवादीका रुपमा अलग हुने र थप सहकार्य अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकपछि नेता झलनाथ खनालले अलग-अलग भएर जाने निर्णय भएको उल्लेख गर्दै पार्टीभित्र संघर्ष गर्दै अगाडि बढ्ने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए । उनले बैठकले  औपचारिक निर्णय गर्न भने बाँकी नै रहेको जानकारी दिए । बैठकको बीचमै निस्किएका खनालले  सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।

सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चले ऋषिराम कट्टेलको नेकपालाई आधिकारिक भएको फैसला सुनाएपछि रणनीति तय गर्न सोमबार प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।

प्रकाशित समय : ०१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु