गृहपृष्ठ कक्षा ८ मा अध्ययनरत एक हजार ५२० छात्रालाई साइकल वितरण
कक्षा ८ मा अध्ययनरत एक हजार ५२० छात्रालाई साइकल वितरण
मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी रहेको धारणा व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सोमबार आयोजित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण समारोहमा मुख्यमन्त्री राउतले छोरीलाई अभिशाप, समस्याका रूपमा लिने संरचनागत मनोवृत्तिमा सुधारको खाँचो औँल्याए ।
उनले नारीप्रति अपमान, एसिड प्रहार लगायतका हिंसाजन्य क्रियाकलाप गर्नेलाई साधारण सजाय नदिई फाँसी दिने व्यवस्था हुनुपर्ने बताए । मुख्यमन्त्री राउतले छोरीलाई सशक्त बनाई हिस्सेदारीमा सहभागी बनाउनु आजको आवश्यकता हो भन्दै प्रदेश सरकारले छोरीलाई आत्मनिर्भर र हरेक क्षेत्रमा अग्रसर हुने विविध योजना सञ्चालन गरिरहेको जानकारी दिए ।
उनले प्रदेश सरकारद्वारा सञ्चालित छोरी बिमा कार्यक्रम गणितीय समस्याका कारण हाल स्थगित भए पनि समस्या समाधान गरी छिट्टै निरन्तरता दिने गृहकार्य भइरहेको बताए । धनुषा जिल्लामा रहेका २७ वटा सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक हजार ५२० छात्रालाई साइकल वितरण गरिएको थियो ।
प्रकाशित समय : ००:५२ बजे



















