global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक  पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरु भएको छ । आइतबार सर्वोच्चले नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्यूँतिएको फैसला सुनाएपछि प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलाएको हो ।

बैठकमा सर्वोच्च अदालतको फैसलाका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । एमाले र माओवादी केन्द्र ब्यूँतिएको फैसला सर्वोच्च अदालतले सुनाएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुने प्रवक्ता श्रेष्ठले बताए । स्थायी कमिटीको बैठकमा सहभागी हुनुअघि प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले साविक एमालेका आफूनिकट नेताहरुसँग छलफल गरेको थिए । 

प्रकाशित समय : २१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु