global ime bank Long Banner Ad

गृहपृष्ठ गुराँस गाउँपालिकाको स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

गुराँस गाउँपालिकाको स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

गुराँस गाउँपालिकाको स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

गुराँस गाउँपालिका–८ दैलेख धरम पोखरामा ६०० ले स्वास्थ्योपचार सेवा लिएका छन् । कर्णाली प्रदेश प्रहरी श्रीमती सङ्घद्वारा आइतबार यहाँ आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६०० स्थानीयवासीले उपचार सेवा लिएका हुन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त, श्रीमती सङ्घका अध्यक्ष अजिता लोहनी पन्त र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसहित सहभागी रहेका उक्त निःशुल्क शिविरमा ६०१ स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दले जानकारी दिए । 

६ डाक्टर तथा सात प्यारामेडिक्स गरी १३ जनाको टोलीले उक्त शिविरमा स्त्रीरोग तथा जनरल फिजिसियन र दाँतसम्बन्धी रोगको निःशुल्क उपचार गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए । उनका अनुसार शिविरमा ४२९ महिला र १७२ ले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । 

प्रकाशित समय : १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु